ad ad

समाज


बाहिरियाे पश्चिमी वायु, अब मौसम सफा हुने

बाहिरियाे पश्चिमी वायु, अब मौसम सफा हुने

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार २:३,

केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।

याे पनि : नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराएको थियो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको थियो।

याे पनि : देशभर वर्षकै ठूलो हिउँदे वर्षा, काठमाडौंमा कति पर्‍याे पानी?

आजदेखि भने मौसम सुधार हुने मौसमविद् बासीको अनुमान छ। ‘आजदेखि करिब करिब देशभर नै मौसम सामान्यतया सफा हुने देखिन्छ,’ नेपालखबरसँग उनले भनिन्।

उनका अनुसार आज पहाडी क्षेत्रको आकाशमा भने थोरै बादल देखापरेको छ। अर्थात् आंशिक बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको उनले जानकारी दिइन्।

तराई क्षेत्रमा पनि अहिले हुस्सु/कुहिरो देखिएको छ। त्यो दिउँसोसम्म रहने मौसमविद् नगरकोटीको भनाइ छ। पहाडमा देखिएको कुहिरो भने घाम लागेसँगै हटेर जानेछ।

आज देशका अधिकांश स्थानमा घाम लाग्ने उनको अनुमान छ। काठमाडौं उपत्यकाको मौसम पनि आज सफा रहने देखिएको उनले बताइन्।

‘आगामी तीन दिनसम्म अब वर्षाको सम्भावना छैन,’ मौसमविद् नगरकोटीले भनिन्, ‘तर पर्सि पुनः अर्काे पश्चिमी वायु नेपाल प्रवेश गर्ने सम्भावना छ। तर यसबारे हामी अध्ययन गर्दै छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .