तिहारको रमझम सुरु भइसकेको छ। तिहारका अवसरमा टोल टोलमा कार्यक्रम भइरहेका छन्। पूर्वी तराईका जिल्लामा बस्ने थारु समुदायको ठूलो पर्व सुकराइत पनि सुरु भइसकेको छ।
कतै सांस्कृतिक कार्यक्रम, कतै शुभकामना आदन प्रदान।
सुकराइतको अवसरमा पनि थारु बाहुल्यता रहेका क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेका छन्। यस्ता कार्यक्रमहरुमा कलाकारहरू ल्याउने र गीत संगीत प्रस्तुत गर्ने गरिन्छ।
सांस्कृतिक कार्यक्रममा स्थानीयको उपस्थिती धेरै हुने भइहाल्यो। मानिसहरुको भीड हुने तिहार र सुकराईत विषेश कार्यक्रम उम्मेदवारहरुका लागि भने भोट माग्ने थलो बनेका छन्।
आचार संहिताले अहिले नै चुनावी सभा गर्न रोक लगाएको छ।
यस्तो अवस्थामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेकाहरू तिहार विषेश कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रममा पुग्ने गरेका छन्।
विगतका वर्षहरूमा दीपावलीको शुभकामना कार्यक्रम निश्चित ठाउँहरूमा हुन्थे। अझ शहरी क्षेत्रमा यस्ता कार्यक्रम बढी हुन्थे भने गाउँ क्षेत्रमा यस्ता कार्यक्रमहरू कमै मात्रामा हुन्थे।
यस पटक भने सहरमा भन्दा गाउँमा तिहार विषेश कार्यक्रम भइरहेका छन्।
क्षेत्र नं ४ र क्षेत्र नं ६ भित्र पर्ने वडाहरूमा आइतबार दिनभर जसो टोलटोलमा शुभकामना कार्यक्रम भए।
त्यसमा विशेष गरी नेकपा एमालेका वडा कमिटिले आयोजना गरेका कार्यक्रममा पुगेर उम्मेदवारले आफ्नो पार्टीले गरेका कामबारे जानकारी गराइएको मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विनोद ढकालले बताए।
उनीसँगै क्षेत्र नं ४ (२)का उम्मेदवार जीवन घिमिरे पनि शुभकामना सँगै मतदाताको घरदैलोमा सहभागी भए। तीनवटा वडामा पार्टीको वडा कमिटी र एउटा वडामा युवा संघले आयोजना गरेको शुभकामना कार्यक्रममा दिपावलीको शुभकाना दिँदै आफ्ना चुनावी एजेण्डा मतदाताको पुर्याएको क्षेत्र नं ४ (२) का उम्मेदवार जीवन घिमिरेको भनाइ छ।
यस्तै, विराटनगरमा पर्ने अर्को क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार लालबाबु पण्डित पनि विराटनगर महानगरपालिका वडा नंं. ५ का विभिन्न टोलमा भएका तीनवटा शुभकामना कार्यक्रमममा सहभागी भए।
त्यसपछि सुन्दर हरैँचा नगरपालिका ४ र ६ का विभिन्न टोलका कार्यक्रममा सहभागी भएर आफूले विगतमा गरेका कामहरु सम्झाउँदै नागरिकलाई शुभकामना दिएको बताए।
क्षेत्र नं ६ (२) का उम्मेदवार पर्शुराम बस्नेत पनि पण्डितसँगै कार्यक्रममा सहभागी भए।
उनले आफनो क्षेत्रका मतदातासँग पुग्न र उनीहरुका समस्या बुझ्न शुभकामना कार्यक्रमले सजिलो बताएको बताए। चुनावको समयमा आएको दिपावली आफूजस्ता उम्मेदवारका लागि अवसर भएको उनको भनाइ छ।
प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पनि शुभकामना आदन प्रदान कार्यक्रममा जान भ्याइ नभ्याइ छ।
उनी दैनिक ५ वटा भन्दा बढी तिहार विषेश कार्यक्रम र शुभकाना आदन प्रदान कार्यक्रममा सहभागी भएका छन्। कोइरालाका सहयोगी दिनेश चन्द्र थपलियाले तिहारलाई चुनाव प्रचारका रुपमा उपयोग गरेको बताए।
प्रतिक्रिया