ad ad

कोशी


पूर्वमुख्यमन्त्री कार्कीलाई अनसनस्थलबाट उठाएर निजी निवासमा छाडियो (अपडेट)

पूर्वमुख्यमन्त्री कार्कीलाई अनसनस्थलबाट उठाएर निजी निवासमा छाडियो (अपडेट)

नेपालखबर
भदौ २५, २०८१ मंगलबार २०:३८, विराटनगर

प्रहरीले कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट उठाएर उनकै निजी निवासमा छाडेको छ।

कार्कीलाई टंकिसिनवारीस्थित उनको निजी निवासमा छाडिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएका बाँकी १५ जनालाई भने प्रहरी कार्यालयमै राखिएको छ।

प्रदेश सभाबाहिर निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले त्यो ठाउँ खाली गराइएको डीएसपी बस्नेतको भनाइ छ।

विराटनगरको देवकोटा चोकबाट नियन्त्रणमा कार्कीलाई नियन्त्रणमा लिएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए।

प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो।

१० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि अनसन बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .