ad ad

कोशी


कोसी सरकारमा कांग्रेस सहभागी भएपछि पहिलो मन्त्रिपरिषद् बैठक

कोसी सरकारमा कांग्रेस सहभागी भएपछि पहिलो मन्त्रिपरिषद् बैठक

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ११:४१, काठमाडौँ

कोसी प्रदेशमा नेपाली कांग्रेस सहभागी भएपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकारमा सहभागी भएका ३ मन्त्री र १ राज्यमन्त्रीले शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम  खापुङसमक्ष शपथ लिएका थिए। 

शपथलगत्तै, मन्त्रिपरिषद् बैठक बसेको छ। 

कांग्रेस कोसीका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी भएको हो।

राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन्।

भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिएका छन्।

एउटा मन्त्रालय भने कांग्रेसले अझै खाली राखेको छ। 

गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो। योसँगै कोसीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .