इटहरीलाई सडक मानव मुक्त शहर बनाउने उदेश्यले अभियान थालिएको छ। सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्सडक मानवको उद्दार गरिएको छ। रातको समयमा इटहरी चोक तथा गल्लीहरुमा बस्दै आएका १२ जनाको मध्यरातमा सुतिरहेकै ठाँउबाट उद्दार गरिएको हो।
इटहरीको मूख्य बजारमा दिनहुँ बिहान देखि बालबालिका युवा तथा वृद्धसम्मका मानिस सडकमा कष्टकर जीवन यापन गरिरहेका थिए।
उनीहरुलाई मेयर पौडेलले आफैँ रातभर इटहरीको गल्ली गल्ली पुगेर उद्दार गरेका हुन। ‘सडक मानवहरूलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुर्नस्थापना गर्ने गरी अभियान थालिएको हो,’ इटहरीका मेयर पौडेलले भने ।
इटहरीलाई ‘सडक मानव मुक्त सहर ‘बनाउने मुख्य उद्देश्यका साथ गए राति मध्यरात सम्म इटहरीको विभिन्न स्थानबाट १२ पुरुष सहित एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए। उद्धार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरुलाई मानव आश्रम विराटनगरमा पठाइएको छ।
बालबालिकासहित सडक मानवहरु लागुऔषद्य सेवन गर्ने र चोरी डकैतिका घटनामा संलग्न हुने र कस्टकर जीवन यापन गर्दै आएका कारणहरुलाइ सुतिरहेकै ठाउँबाट उठाईएको डीएसपी खड्काले बताए।
राति ८ बजे देखि सुरु भएको अप्रेसन मध्य राति साढे १२ बजे सम्म चलेको थियो। अप्रेसनमा मेयर पौडेल सहित इटहरी ९ का वडाध्यक्ष जितेन थापा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इलाका प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।
यस्ता जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानवहरू असुरक्षित त छदै छन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो उद्धार अभियान अन्तर्गत उद्धार गरिएको उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया