ad ad

ग्लोबल


शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी

शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी

नेपालखबर
भदौ १५, २०८० शुक्रबार २१:३८, काठमाडौँ

शक्तिशाली आँधी ‘साओला’ नजिकिएसँगै हङकङ र दक्षिणी चीनका अन्य भागका अधिकांश भाग शुक्रबार देखि नै ठप्प भएका छन्।

धेरै कामदारहरू घरमा बसे र विभिन्न शहरहरूमा विद्यालयहरूले अर्को हप्तासम्मका लागि नियमित कक्षाह स्थगित गरेका छन्। हङकङको शेयर बजारमा कारोबार बन्द गरिएको छ र प्रमुख क्षेत्रीय व्यापार र पर्यटकीय क्षेत्रमा लगभग ४६० उडानहरू रद्द भएपछि सयौं मानिसहरू विमानस्थलमा फसेका छन्।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार चीनको गुआङडोङ प्रान्तमा प्रवेश गर्ने वा बाहिरिने सबै रेललाई शुक्रबार रातिदेखि शनिबार साँझसम्मका लागि स्थगन गरिएको छ।

हङकङ अब्जरभेटरीले १० नम्बरको आँधीको सङ्केत जारी गरेको छ, जुन शहरको मौसम प्रणालीअन्तर्गतको सबैभन्दा उच्च चेतावनी हो। 

सन् २०१८ मा हङकङमा आएको शक्तिशाली आँधी ‘माङखुट’पछि पछिल्लो पटक जारी गरिएको यो पहिलो १० नम्बरको चेतावनी हो।

२१० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चल्ने साओला शहरको सिमसा सुई व्यवसायिक क्षेत्रबाट करिब ४० किलोमिटर दक्षिणमा मध्यरातमा वित्तीय केन्द्रको सबैभन्दा नजिक पुग्ने अब्जरभेटरीले जनाएको छ।

साओलाको भुमरी राति करिब ८ बजेतिर शहरभरि घुम्दा यस क्षेत्रको लागि ‘उच्च खतरा’ उत्पन्न गरेको थियो।

उक्त आँधी हङकङबाट पश्चिमतर्फ सर्दै जाँदा शनिबार हावा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

अब्जरभेटरीले तटीय क्षेत्रमा गम्भीर बाढी आउन सक्ने चेतावनी दिँदै माङखुटले रूख कटान गर्दा र शहरका भवनहरू भत्काइदिँदा पानीको अधिकतम सतह उस्तै हुन सक्ने बताएको छ।

हालैका महिनाहरूमा, चीनले विभिन्न क्षेत्रहरूमा वर्षौंपछि अत्यधिक वर्षा र सबैभन्दा घातक बाढीको अनुभव गरेको छ, जसमा राजधानी बेइजिङको बाहिरी पहाडी भागहरूसहितका क्षेत्रमा सयौंको मृत्यु भएको छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .