ad ad

ग्लोबल


ओमानमा नेपाली दूतावासलाई जग्गा प्राप्त

ओमानमा नेपाली दूतावासलाई जग्गा प्राप्त

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १४:१,

ओमानस्थित नेपाली दूतावासले आफ्नै भवन निर्माण गर्ने भएको छ। यसका लागि दूतावासलाई जग्गा प्राप्त भएको छ। नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपालको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्झौतामा गरेका छन्।

नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने सरकारको नीति छ।

सम्झौता अनुसार ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ। उक्त अवधि पश्चान आपसी सहमतिमा सम्झौताको अवधि बढाइने उल्लेख छ।
सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास ओमान हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .