ad ad

ग्लोबल


मोदी लागे अमेरिका

मोदी लागे अमेरिका

नेपालखबर
असोज ५, २०८१ शनिबार ९:२२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार (आज) बिहान अमेरिका प्रस्थान गरेका छन्। यस तीन दिने भ्रमणमा प्रधानमन्त्री मोदीले छैटौँ क्वाड लिडर सम्मेलनमा भाग लिनेछन्।

यसबाहेक उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ बैठकमा सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले भने-  म क्वाड शिखर सम्मेलनमा राष्ट्रपति बाइडेन, प्रधानमन्त्री अल्बानिज र प्रधानमन्त्री किशिदासँग भेट्न उत्सुक छु।

उनले थपे-  यो फोरम इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि काम गर्ने समान विचारधारा भएका देशहरूको अग्रणी समूहको रूपमा उभिएको छ।

भारत-अमेरिका द्विपक्षीय वार्ताको सन्दर्भमा प्रधानमन्त्री मोदीले भने-  राष्ट्रपति बाइडेनसँग मेरो भेट हाम्रा जनताको हित र विश्वव्यापी कल्याणका लागि भारत-अमेरिका विश्वव्यापी रणनीतिक साझेदारीलाई सुधार गर्नमा केन्द्रित हुनेछ।

अमेरिका भ्रमणका क्रममा मोदीले भारतीय प्रवासी र अमेरिकी व्यापारी नेताहरूसँग पनि भेट गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .