ad ad

ग्लोबल


इमरान खानले भने- पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब छ

इमरान खानले भने- पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब छ

नेपालखबर
साउन २८, २०८१ सोमबार २१:१४, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको अवस्था बंगलादेशको भन्दा खराब भएको बताएका छन्।

भ्रष्टाचार मुद्दामा अदियाला जेलमा रहेका इमरान खानले सोमबार अदालतमा सुनुवाइका क्रममा पत्रकारहरूसँग पाकिस्तानमा पनि भित्रभित्र चरम असन्तुष्टि फैलिरहेको र अब विस्फोट हुन मात्र बाँकी रहेको बताएका हुन्। 

इमरान खानले भने, ‘शेख हसिनाले जमात–ए–इस्लामीलगायत सबै प्रमुख विपक्षी दलहरूलाई दमन गरेकी थिइन्। पाकिस्तानमा पनि त्यस्तै भयो र भइरहेको छ। यहाँ पनि आन्तरिक असन्तुष्टि बढ्दै गएको छ। यो विस्फोट हुन मात्र पर्खिरहेको छ।’

अदालतको कोठामा उपस्थित पत्रकार बाबर मलिकका अनुसार इमरान खानले आफ्नो पार्टी तहरीक-ए-इन्साफ (पीटीआई) लाई आरक्षित सिट नदिएमा सडकमा उत्रने र विरोध गर्ने बताएका छन्।

पाकिस्तानको संसद्‌मा ७० सिट आरक्षित छन्। जसमध्ये ६० महिलालाई र १० गैरमुस्लिमलाई दिइन्छ। इमरान खान आफ्नो पार्टीलाई पनि त्यो सिटमा भाग चाहन्छन्।

सोमबार भ्रष्टाचार मुद्दामा सुनुवाइपछि पत्रकारहरूसँग अनौपचारिक कुरा गर्दै खानले सरकारले आरक्षित सिट दिनुपर्ने पीटीआईको मागलाई स्वीकार गरेर र प्रधानन्यायाधीश काजी फैज इसालाई म्याद थप्ने कुरामा अडिग भयो भने त्यसको विरोध गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .