ad ad

गण्डकी


एमाले कास्कीले गर्‍यो ६ युवालाई सम्मान

एमाले कास्कीले गर्‍यो ६ युवालाई सम्मान

नेपालखबर
साउन २८, २०८१ सोमबार २१:३५, पोखरा

एमाले कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पारेर सोमबार गरिएको सम्मानबाट सम्मानित हुनेहरूमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहेका छन्।

सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका यहीँ कर्म गरिरहेकाहरु हुन्। युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका ६ जनालाई अवार्डसहित सम्मान गरिएको कार्यक्रम संयोजक एवं एमाले जिल्ला सचिव दर्शन लामाले बताए।

सम्मानितमध्ये मुस्ताङमा जन्मिएका डा. विकास गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन्। कोभिड–१९ महामारीको समयमा पाँच वर्षका लागि उनी उक्त अस्पतालको जिम्मेवारीमा आएका थिए।  

नेपाल आइडलको फस्ट रनरअप सलोमी गुरूङको जन्म घर लमजुङको क्हेंलासोथार गाउँपालिका ७, कुमलुङ हो। उनी पोखरा नै बस्छिन्। सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी थिइन्।

म्याग्दी घर भएकी अरुणा शाही २०७६ सालबाट राष्ट्रिय महिला भलिबल टोलीको कप्तान हुन्। उनले पोखराकै ज्ञानुबाबा विद्यालयबाट आफ्नो खेल जीवन अगाडि बढाएकी थिइन्।

अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छन्। उनी स्वयंले पनि नागरिकता नहुँदाको पीडा भोगेकी छन्।  जाजरकोटका नवराज विकसहित ६ जनाको निर्मम हत्यामा संलग्नलाई सजाय दिलाउन उनको भूमिका छ।

शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी)को क्याम्पस कोओर्डिनेटर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .