ad ad

ग्लोबल


भारतमा विपक्षीले सोचेभन्दा राम्रो प्रदर्शन गर्नुको कारण

भारतमा विपक्षीले सोचेभन्दा राम्रो प्रदर्शन गर्नुको कारण

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:५१,

भारतको लोकसभाको जारी मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ। तर, सुरुवाती रुझानलाई हेर्दा विपक्षी इन्डिया गठबन्धनले भाजपालाई कडा टक्कर दिएको देखिन्छ।

एक्जिट पोलहरुले भाजपाले सहज र फराकिलो जित हात पार्ने प्रक्षेपण गरेका थिए। तर, नतिजा त्यसभन्दा फरक आउने देखिएको छ।

के कारणले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले यति प्रदर्शन गर्न सक्यो त? यसका केही सम्भावित कारणहरुलाई हेरौँः 

यसपटक यो गठबन्धनका दलहरुले स्थानीय मुद्दाहरुलाई प्राथमिकता दिए। उनीहरुले बढ्दो महँगी, रोजगारी अभावजस्ता जनजीवनसँग जोडिएका मुद्दा उठाएर सरकारलाई घेराबन्दीमा पारे।

अर्को कुरा, २०१४ र २०१९ मा चुनावी एजेन्डा प्रधानमन्त्री मोदीले तय गर्ने गर्थे। यसपटक चुनावी संकथनमा उनको पकड गुम्न पुग्यो।

त्यसको सट्टा, चुनाव अभियानभर कंग्रेसको घोषणापत्रमा ज्यादा चर्चा भयो, भाजपाको होइन।

त्यस्तै ‘अब की बार, चार सौ पार’ भन्ने मोदीको नारा उनी आफ्नै लागि प्रत्युत्पादक बन्न पुग्यो। किनकि मोदीले दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न खोजेको र यसै कमजोर पारिएका अल्पसंख्यकहरुलाई अझ पेल्न खोजेको आरोप विपक्षीले लगाएको थियो।

भाजपाले भने आर्थिक वृद्धि र कूटनीतिमा भारतको प्रभावविस्तारलाई मुख्य उपलब्धिको रुपमा अघि सारेको थियो। तर, ती मुद्दाले जनजीवनमा ज्यादा प्रभाव नपारेको संकेत मतपरिणामको रुझानले देखाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .