ad ad

राजनीति


मन्त्रीहरूलाई सांसद दाहालको चेतावनी– आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन नहोस्

मन्त्रीहरूलाई सांसद दाहालको चेतावनी– आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन नहोस्

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:५९, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन्। 

‘धेरै वर्षदेखि निरन्तर निर्माणाधिन अवस्थामा रहेका रणनीतिक सडकहरू, निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरू चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन्। यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न आग्रह गर्दै उनले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताए।

साथै, उनले मन्त्रालयस्तरिय बजेटको किताव आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरुलाई ध्यानाकर्षण समेत गराए। 

‘यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताव ल्याउनुहुने छैन। सिंगो मानव सुचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरूलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताब आउने छ। मन्त्रालयस्तरिय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ,’ उनले भने। 

सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .