स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले एक अदालतले आफ्नी पत्नीविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक कर्तव्य (काम) रोकेका छन्। यस अवधिमा उनले पदमा रहिरहने कि छाड्ने भन्नेबारे विचार गर्नेछन्।
प्रधानमन्त्री पेड्रो सान्चेजले विज्ञप्ति जारी गरी भनेका छन्, ‘मैले छिटोभन्दा छिटो के निर्णय गर्नुपर्ने भएको छ भने सरकारको नेतृत्व गरिरहने वा यो सम्मानित पद छाड्ने?’
अदालतले उनकी पत्नी बेगोना गोमेजविरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ।
प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले अदालतमा आफ्नो सम्मान र कामको रक्षा गर्ने आशा व्यक्त गरेका छन्।
बेगोनागोमेज विरुद्ध भ्रष्टाचारविरोधी अभियानकर्ता मानोस लिम्पियासले मुद्दा हालेका हुन्।
स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन्।
ट्विटरमा पोस्ट गरिएको लामो वक्तव्यमा सान्चेजले आफू र आफ्नी श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौँदेखि रणनीति बनाइएको दाबी गरेका छन्।
अदालतले बेगोना गोमेजविरुद्ध लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।
Shares
प्रतिक्रिया