ad ad

ग्लोबल


रोक्का सहयोग माग्न वासिङ्टन पुगे जेलेन्स्की

रोक्का सहयोग माग्न वासिङ्टन पुगे जेलेन्स्की

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:२५,

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की थप सैन्य सहयोग माग गर्दै अमेरिका पुगेका छन्। 

युक्रेन र इजरायललाई गरी १०६ अर्ब डलरबराबरको सैन्य सहयोग गर्ने बाइडेन प्रशासनको योजनालाई गतसाता रिपब्लिकन पार्टीका सांसदहरुले रोकिदिएका थिए।

यो सहयोग नभए युक्रेन कमजोर हुने राष्ट्रपति जो बाइडेनको तर्कलाई उनीहरुले मानेका थिएनन्।

यसैबारे अमेरिकी सांसदहरुलाई मनाउने प्रयास जेलेन्स्कीले गरिरहेका छन्।

उनले अमेरिकी सिनेटहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

त्यस्तै, उनले राष्ट्रपति बाइडेनलाई पनि भेट्नेछन्। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .