समाचार च्यानल अल जजिराले गाजाको जबलिया शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा परी आफ्ना एक पत्रकारको परिवारका २२ सदस्यको मृत्यु भएको जनाएको छ।
अल जजिराले जारी गरेको विज्ञप्तिमा भनिएको छ– मोमिन अल शराफिका परिवारका सदस्यहरूले आश्रय लिएको घरलाई डिसेम्बर ६ मा निशाना बनाइएको थियो। हमलामा अल शराफिका आमा, बुबा, तीन दाजुभाइ र धेरै छोराछोरीको मृत्यु भएको थियो।
यसअघि अक्टोबरमा मध्य गाजा क्षेत्रमा अल जजिराका अर्का पत्रकार वेल अल–दहदौईका श्रीमती, छोरा, छोरी र नातिको मृत्यु भएको थियो।
75
Shares
प्रतिक्रिया