ad ad

ग्लोबल


अन्तत: इयूबाट बाहिरियो बेलायत

अन्तत: इयूबाट बाहिरियो बेलायत

नेपालखबर
माघ १८, २०७६ शनिबार ३:१०,

युरोपियन युनियन (इयू) मा आबद्ध भएको ४७ बर्षपछि शनिवारदेखि बेलायत औपचारिकरुपमा इयूबाट बाहिरिएको छ।

सन् १९७३ जनवरी १ मा इयूको सदस्य भएको थियो। तीन वर्षअघि बेलायतले इयूबाट बाहिरिने निर्णय गरेको थियो। शनिबार त्यो निर्णय कार्यान्वयनमा आएको हो।

ब्रिटिस जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत ईयूबाट छुटिट्एको हो। २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए।

बेलायत बाहिरिएसँगै अब इयुमा जर्मनी, फ्रान्स, इटली, ग्रिस, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, स्पेन, स्वीडेन, अष्ट्रिया, बुल्गेरिया, क्रोएटिया, साइप्रस, क्रेच रिपब्लिक, इस्टोनिया, हङ्गेरी, आयरल्याण्ड, लाटभिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्टा, स्लोभानिया, स्लोभाकिया बाँकी छन्। यीमध्ये जर्मनी, फ्रान्स, डेनमार्क, स्पेनमा नेपाली दूताबास छन्। सबै देशसँग नेपालको कूटनीतिक सम्बन्ध छ।

बेलायतले एक बर्षको समय (सन् २०२० जनवरी ३१) सम्म इयूको सदस्य सरह मान्यता पाउने संक्रमणकालिन व्यवस्थामा इयूसँग हस्ताक्षर भएको छ। त्यसबेलासम्म बेलायत र इयूबीचको भावि सम्बन्धको मोडालिटी तय हुने बताइएको छ।

बीबीसीका अनुसार आवश्यक परे अर्को बर्षदेखि पुनः दुईबर्ष संक्रमणकाल थप्न सकिने सम्झौता इयु र बेलायतबीच भए पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले समय थप आवश्यक नपर्ने बताएका छन्।

एक बर्ष इयू र बेलायतबीच नयाँ स्वतन्त्र व्यापार सम्झौतासहित सुरक्षा, व्यापारलगायतका बिषयमा छलफल हुनेछ। इयूबाट बाहिरिएसँगै शनिवारदेखि ७३ सदस्य रहेको इयू संसदमा बेलायतका दुईजना सांसदले पद गुमाएका छन्। अब बेलायतको पासपोर्टको रङ परिवर्तन हुनेछ, बेलायतको ब्रेक्जिट डिपार्टमेन्ट बन्द हुनेछ।

बेलायत र इयूबीच नागरिकहरुको आवतजावत, सवारी अनुमतिपत्र, इयु हेल्थ इन्सुरेन्स कार्ड, बस्ने र काम गर्ने अधिकार, व्यापार र बेलायतले इयुलाई तिर्ने रकमसम्बन्धी व्यवस्था एक बर्ष कायम रहनेछ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले इयुबाट अलग भएसँगै बेलायतको इतिहासमा नयाँ विहानी थपिने प्रतिक्रिया दिएका छन्। बेलायतका प्रधानमन्त्रीले ब्रेक्जिट हुने समयमा मन्त्रीमण्डलका सदस्यसहित बरिष्ठतम अधिकारीका लागि भोज घोषणा गरेका छन् । बाहिरिएसँगै इयुको संसदबाट बेलायतको झण्डा झिकिएको छ।

बेलायत बिदा भएसँगै उसको इयु, अमेरिका र चीनसँग सम्बन्धको भविश्यबारे विश्वमा चर्चा शुरु भएको छ भने इयुबाट बेलायत बाहिरिँदाको आर्थिक र रणनीतिक प्रभाव नेपाललाई के होला भन्ने बहस पनि शुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .