ad ad

समाज


शनिबार दिनभर काठमाडौँ र ललितपुरका केही ठाउँमा बत्ति जाने

शनिबार दिनभर काठमाडौँ र ललितपुरका केही ठाउँमा बत्ति जाने

नेपालखबर
माघ १८, २०७६ शनिबार ३:२९,

आज (शनिबार) काठमाडौँ र ललिपुरका केही ठाउँमा दिनभर बिजुली बत्ती जाने प्राधिकरणले जनाएको छ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट लाइन जोडिएका ठाउँमा शनिबार ९ घण्टा बत्ती जाने प्राधिरणले जनाएको छ। चक्रपथ विस्तार कार्यका रुख कटान गर्नुपर्ने भएकाले लाइन काटिएको हो।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती काटिने छ। यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड, ग्राण्डी अस्पताल लगायतका क्षेत्रमा बत्ती जाने छ।

यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण भएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले ६ घण्टा लोडसेडिङ हुँदैछ।

शनिबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रले जनाएको छ।

केन्द्रकाअनुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती काटिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .