ad ad

ग्लोबल


बाइडेन र सीबीच ताइवानबारे ‘खुलस्त’ कुरा हुने, संयुक्त वक्तव्य जारी नहुने

बाइडेन र सीबीच ताइवानबारे ‘खुलस्त’ कुरा हुने, संयुक्त वक्तव्य जारी नहुने

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १६:३४,

दुई महाशक्तिबीचको सम्बन्ध स्थिर पार्ने प्रयासमा बुधबार सान फ्रान्सिस्कोमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भेट हुँदैछ। त्यसबेला जो बाइडेन र सी चिनफिङले ताइवान मामिलामा खुलस्त कुराकानी गर्ने अपेक्षा गरिएको छ।

बालीमा जी २० सम्मेलनमा भेट भएको एक वर्षपछि बाइडेन र सीबीच पुनः द्विपक्षीय वार्ता हुन लागेको हो। गत एक वर्षमा द्विपक्षीय सम्बन्धमा आएको चर्को तनावलाई रोक्ने प्रयास उनीहरुले गर्नेछन्। 

गत वर्ष पनि उनीहरुले सम्बन्ध सुधारको वाचा गरेका थिए। तर, बेलुन काण्डले उनीहरुबीच तिक्तता थपिदिएको थियो।

यद्यपि, राष्ट्रपतिद्वयको भेटवार्तामा ठूला सम्झौता नहुन अमेरिकी अधिकारीहरुले बताएका छन्। 

‘हामी उपलब्धिहरुको लामो सूचीको कुरा गरिरहेका छैनौँ,’ एक अमेरिकी अधिकारीले भने, ‘हाम्रो लक्ष्य भनेको प्रतिस्पर्धा व्यवस्थापन गर्नु, द्वन्द्वको खतरा टार्नु र संवादका मार्गहरु खुला राख्नु हो।’

अर्को वर्ष अमेरिका र ताइवाद दुवैमा चुनाव हुँदैछ। यसले अमेरिका–चीन सम्बन्धमा बखेडा झिक्नसक्ने आशंका बढेको छ।

अगस्टसम्म अमेरिकी विदेश मन्त्रालयमा चीन मामिला हेर्ने शीर्ष अधिकारी रहेका रिक वाटर्स दुवै नेता सम्बन्ध थप ओरालो नलागोस् भन्ने चाहन्छन्। 

‘प्रश्न के हो भने ताइवान, प्रविधिसम्बन्धी नीति र अन्य आधारभूत रुपमै प्रतिस्पर्धात्मक सम्बन्धमा उनीहरुले द्विपक्षीय सम्बन्धलाई कति स्थिरता दिन सक्छन्?’ अहिले युरेसिया ग्रुप नामक कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वाटर्स भन्छन्।

बाइडेन र सीले भेटपछि संयुक्त वक्तव्य जारी नगर्ने ह्वाइट हाउसले जनाएको छ। त्यस्तै, बैठकपछि उनीहरुबीच साथै रात्रीभोज पनि नहुने बताइएको छ। सीले अमेरिकी व्यवसायीहरुसँग भने भोज गर्नेछन्।

दोभोषेसहितको वार्ता करिब ४ घण्टाभन्दा बढी समय चल्ने बताइएको छ।

वार्तामा सीले चीनका लागि ताइवान कति महत्वपूर्ण छ भनेर कडा चेतावनीसहित स्पष्ट कुरा राख्ने सीएसआईएस थिंक ट्यांककी चीन विज्ञ जुड ब्लान्चेटले बताइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .