ad ad

खेल


भारत र न्युजिल्यान्डको सेमिफाइनलअघि टिकटको कालोबजारी, एक जना पक्राउ

भारत र न्युजिल्यान्डको सेमिफाइनलअघि टिकटको कालोबजारी, एक जना पक्राउ

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १६:३७, काठमाडौँ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका खेल सकिएसँगै बुधबार हुने भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेलका लागि टिकटको माग बढेको छ। 

मुम्बईको वानखेडे स्टेडियममा हुने सेमिफाइनल खेलको टिकट कालोबजारीमा समेत बिक्री हुन थालेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बई प्रहरीले टिकट कालोबजारीको आरोपमा एक जना व्यक्तिलाई पक्राउ समेत गरिएको छ। 

पक्राउपरेका ती व्यक्तिको साथबाट दुईवटा निःशुल्क टिकट समेत बरामद भएको मुम्बई प्रहरीलाई उदृत गर्दै समाचारमा जनाइएको छ। 

ती टिकटको मुल्य १ देखि २ लाखसम्म रहेको बताइएको छ। प्रहरी अधिकारीले समाचार एजेन्सीलाई बताए अनुसार ती टिकटहरू भीआईपी व्यक्तिका लागि काटिएका हुन्। 

यसअघि टिकटको कालोबजारी गरेको आरोपमा इभेन्ट म्यानेजर आकाश कोठारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

चारदेखि पाँच गुणा बढी मूल्यमा टिकट बिक्री गरेको प्रहरीले बताएको छ। बुधबार हुने पहिलो सेमिफाइनल खेल हेर्न भारतीय फ्यानहरू उत्साहित छन्।  

भारत यस विश्वकपमा आफ्ना ९ लिग खेल जितेर यो प्रतियोगिता जित्ने सबैभन्दा बलियो दाबेदार हो।

२०११ मा धोनीको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली दोस्रोपटक वानखडे स्टेडियमबाटै एकदिवसीय विश्वकप जित्न सफल भएको थियो। 

यस मैदानमा खेलेका २१ खेलमध्ये भारतीय टोलीले १२ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ।

पछिल्लो खेलमा सबै भारतीय ब्याट्सम्यानले देखाएको प्रदर्शनले आशा देखाएको छ। यस विश्वकपमा बलरको प्रदर्शन पनि प्रशंसनीय नै छ। भारतले खेलेका ९ खेलमा विपक्षी टोलीबाट ८६ विकेट लिएको छ, जुन आफ्ना बलरको क्षमता देखाउन पर्याप्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .