ad ad

गण्डकी


बिक्री नभएपछि टोलटोलमै पुगेर फूल बिक्री गर्दै स्याङ्जाका किसान

बिक्री नभएपछि टोलटोलमै पुगेर फूल बिक्री गर्दै स्याङ्जाका किसान

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १६:२०, स्याङ्जा (गल्याङ)

स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ। उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो। 

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन्। तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूूल बिक्रीमा निस्किएका हुन्।

स्याङ्जाको गल्याङ नगरपालिका–३ छर्तिमा मौलाकालिका कृषि तथा पशुुपालन फार्ममार्फत व्यावसायिक सयपत्रीको फूूलखेती गर्दै आएका चन्द्रबहादुुर राना ‘चित्र’ ले बेमौसमी रुपमा उत्पादन भएका फूूलहरु फार्मबाटै बिक्री गर्छन्। 

तर ठूलो परिमाणमा फूूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुुगेर फूूल बिक्री गरेका छन्। 

रानाले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसलपसलमा फूूल लगेर बिक्री गर्ने गरेको बताए।
 

‘बेमौसमी फूूलको माग धान्न मलाई मुुस्किल हुुन्थ्यो, यसपाली तिहार लक्षित धेरै नै फूूल लगाएकाले र यहाँका धेरै किसानले फूूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो,’ उनले भने, ‘तयार भएका फूूल बिग्रेला कि भनेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्ने गरेको छुु।’

उनले गल्याङ बजारका आधादर्जन पसललाई फूूल बिक्री गर्न दिएका छन् भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखिएको छ।

गल्याङ नगरपालिका २  रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदिप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोल टोलमा पुगेको बताए। 

‘उपभोक्ताको सहजताका लागि पनि टोल टोलमा पुगेर फूूल बिक्री गरेको हुुँ,’  उनले भने, ‘फार्ममा पनि प्रशस्त फूूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुु परेको हो।’

यस्तै गल्याङ नगरपालिका– ११ का किसान रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्दै आएका छन्।

उनले माग भएका व्यक्ति तथा पसलमा पुुगेर फूूल बिक्री गरेको बताए। 

‘फार्ममा जान उपभोक्तालाई असहज भयो,’ उनले भने, ‘टोलटोलमा पुुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूूल बिक्री गर्न सहज भएको छ।’

उता वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फुल बिक्री गर्नका लागि सवारीसाधनमा फूल राखेर टोल टोलमा पुगिएको छ। 

सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे। ‘यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ,’  उनले भने, ‘संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो।’

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपाली कृतिम फूूल भन्दा सयपत्री फूूल पसलमा राख्ने गरेका छन्। यद्यपि स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ।

फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फुल बिक्री गर्न नरोक्दा आफूहरू समस्यामा परेको बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .