ad ad

ग्लोबल


भारतमा टेस्लाको कारखाना स्थापना गर्न ईभी आयातमा छुट दिने तयारी

भारतमा टेस्लाको कारखाना स्थापना गर्न ईभी आयातमा छुट दिने तयारी

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १५:१९,

टेस्लाको विद्युतीय कार आयातमा कर घटाउन टेस्लाले गरेको आग्रहमा सरकारले सोचविचार गरिरहेको भारतीय अधिकारीहरुले बताएका छन्। 

इलोन मस्कको सो कम्पनीले भारतमा कारखाना खोल्ने तयारी गरिरहेको छ।

भारतमा ४० हजार डलरसम्मको कार आयात गर्दा ७० प्रतिशत र त्यसभन्दा महँगोका लागि १०० प्रतिशत कर लाग्छ। त्यसमा छुट पाउनुपर्ने टेस्लाको माग छ।

‘केही समयका लागि भए पनि कर छुट हुनुपर्ने उनीहरुको माग छ,’ एक भारतीय अधिकारीले भने।

यसलाई टेस्लाले भारतमा कारखाना स्थापनाको सर्त बनाएको छ। त्यसैले सबै खाले ईभीका लागि कर १५ प्रतिशतमा सीमित गर्नेगरी छलफल भइरहेको ती अधिकारीले बताए।

तर, यसबारे सरकारमा सहमति भइनसकेको उनको भनाइ छ।

गत एक वर्षमा टेस्लाका कार्यकारीहरुले भारतीय अधिकारीहरुलाई कम्तीमा तीन पटक भेटिसकेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमणमा मस्कसँग पनि भेटघाट गरेका थिए। 

भारतमा कारखाना खोल्ने कदम टेस्लाका लागि साहसिक र जोखिमपूर्ण हुने आकलन छ। किनभने भारतको ईभी बजार प्रारम्भिक चरणमै छ। फाइनान्सियल टाइम्स 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .