ad ad

ग्लोबल


इरान: हिजाब नलगाउने महिलामाथि निगरानी राख्न सार्वजनिक स्थलमा सीसीक्यामेरा जडान

इरान: हिजाब नलगाउने महिलामाथि निगरानी राख्न सार्वजनिक स्थलमा सीसीक्यामेरा जडान

नेपालखबर
चैत २६, २०७९ आइतबार १०:०, काठमाडौँ

इरानमा हिजाब लगाउने महिलामाथि निगरानी राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ।

प्रहरीले हिजाब कपाल नढाक्ने महिलालाई पहिचान गरी चेतावनी दिने बताएको छ। यसले सार्वजनिक रूपमा हिजाब नलगाइ विरोधमा उत्रिनेको संख्या घट्ने त्यहाँको प्रहरीले बताएको छ।

पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा अघिल्लो वर्ष महसा अमिनीलाई प्रहरीले हिरासतमा लिएको थियो। अमिनीको ०२२ सेप्टेम्बर १६ मा प्रहरी हिरासतमै मृत्यु भएको  थियो।

त्यसयता इरानमा हिजाबविरुद्ध आन्दोलन जारी छ। 

हिजाबविरुद्ध जारी आन्दोलनमा हालसम्म ४८८ जना मारिएको मानवअधिकार संस्थाले दाबी गरेको छ। जसमा ६४ जना महिला र बालबालिका छन्। हजारौँ घाइते भएका छन्।

गत साता मात्रै प्रहरीले कपाल नढाेकेको भन्दै थप दुई महिलालाई नियन्त्रणमा लिएको थियो।

अमिनीको हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध प्रदर्शन भइरहेको छ।

धेरै महिलाले हिजाब फुकालेर विरोध गरेका छन्। विरोधको प्रभाव इरानसँगै अन्य देशमा पनि परेकझ छ।

सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कट्टरपन्थी कानूनलाई कडाइ गरिएको थियो। इरानमा हिजाब अनिवार्य गरिएको छ भने हिजाब नलगाउने महिलालाई सजाय र जरिवाना हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .