ad ad

कला


अमिताभको स्वास्थ्यलाभका लागि डनको पण्डल धाउँथिन् जया

अमिताभको स्वास्थ्यलाभका लागि डनको पण्डल धाउँथिन् जया

नेपालखबर
चैत २६, २०७९ आइतबार १०:३, काठमाडौँ

बलिउडकी दिग्गज अभिनेत्री जया बच्चनले सन् १९७१ म रिलिज भएको फिल्म ‘गुड्डी’बाट सिने करिअर सुरु गरेकी थिइन्। १५ वर्षको उमेरमा फिल्मी करिअर सुरु गरेकी जयाले २५ वर्षको उमेरमा अमिताभ बच्चनसँग विवाह गरिन्। विवाहपछि १८ वर्षसम्म जयाले फिल्म खेलिनन्। परिवारलाई समय दिइन्।

फिल्म ‘कुली’को सेटमा एउटा भयानक दुर्घटना भयो। अमिताभ त्यो दुर्घटनामा परे। सिंगो देश उनको सुरक्षाका लागि प्रार्थना गरिरहेको थियो। यस क्रममा जया कहिले सिद्धिविनायक मन्दिर जाने गर्दथिन्, कहिलेकाहीँ डनले बनाएको पण्डलमा पुगेर श्रीमान्‌को सुरक्षाका लागि याचना गर्थिन्। 

जया र अमिताभको जीवनमा सानातिना झगडा भइराख्थे। उनीहरुबीचको भात काण्ड बलिउडमा चर्चित छ। एक समय बलिउडमा बिग वीका नामले चर्चित अमिताभ पत्रकारसँग डिनर गरिरहेका थिए। जयाले गल्तीले भात मागेपछि अमिताभ निकै रिसाए। यस्ता सानातिना कुरालाई पार लगाउँदै उनीहरु ५० वर्षदेखि सँगै छन्। 

पद्मश्री पुरस्कार विजेता जयाले ३३ बलिउड फिल्ममा अभिनय गरेकी छन्। १००१ करोडकी  मालकिन जया अहिले राज्यसभा सांसद छिन्।

सुटिङ हेर्न जाँदा फिल्ममा अवसर
जयाको जन्म ९ अप्रिल १९४८ मा बंगाली ब्राह्मण परिवारमा भएको थियो। उनका बुबा तरुणकुमार भादुरी एक प्रसिद्ध कवि, साहित्यकार र पत्रकार थिए। १५ वर्षको उमेरमा जयाले फिल्ममा आफ्नो भविष्य जोड्लिन् भनेर उनको परिवारले कल्पना पनि गरेको थिएन। 

वास्तवमा उनी एकपटक बुवासँग फिल्मको सुटिङ हेर्न गएकी थिइन्। यसैबीच फिल्म निर्माता सत्यजित रेले आफ्नो फिल्म ‘महानगर’का लागि १४–१५ वर्षकी केटी खोजिरहेका थिए। त्यसपछि शर्मिली टेगोरले उनलाई देखे र जयालाई फिल्ममा कास्ट गर्न आग्रह गरे। यसरी सन् १९६३ मा रिलिज भएको फिल्म ‘महानगर’बाट उनले आफ्नो सिने करियर सुरु गरिन्।

त्यसपछि जयालाई फिल्ममा लगाव बढ्यो। परिवारको सल्लाहपछि उनलाई एफटीआईआई एक्टिङ कोर्सका लागि पठाइयो। त्यहाँ उनको अभिनय कौशलको उच्च प्रशंसा भयो र उनले स्वर्ण पदक जितिन्। जयाको एक्टिङ कोर्स सकिएकै थिएन्, फिल्म निर्माता  ऋषिकेश मुखर्जी एफटीआईआई पुगे र जयालाई फिल्ममा काम गर्न आग्रह गरे। त्यसपछि कोर्स पूरा गरेर जयाले फिल्म ‘गुड्डी’मा काम गरिन्।

जयाको छोरा बन्न नपाउँदा सञ्जीव कुमारको पछुतो
जयाले सञ्जीव कुमारसँग धेरै फिल्ममा काम गरेकी छन्। जयाले फिल्म ‘अनामिका’मा जया, ‘कोशिश’मा पत्नी, ‘शोले’मा बुहारी र ‘परिचय’मा छोरी भएर सञ्जिव कुमारलाई साथ अभिनय साथ दिएकी छन्। सञ्जीवले कुनै पनि फिल्ममा आफूले जयाको छोराको भूमिका निर्वाह गर्न नपाएकामा दुःख व्यक्त गरेका छन्। उनले जयाले आमाको भूमिका  इमानदारीका साथ निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।

जयाले सन् १९७३ मा फिल्म ‘अनामिका’मा अमिताभ बच्चनसँग काम गरिन्। त्यसपछि ‘जंजीर’मा उनीहरुसँगै देखिए। फिल्म ‘जंजीर’अघि अमिताभका १२ फिल्म फ्लप भएका थिए। त्यसपछि बलिउडका कुनै अभिनेत्री अमिताभसँग काम गर्न चाहँदैनथे। त्यो समय जयाले अमिताभलाई साथ दिइन्। त्यतिबेला अमिताभले जयालाई फिल्म हिट भए लन्डन टुरमा लैजाने बताए।

बाबुको गालीका कारण अमिताभसँग विवाह
फिल्म हिट भयो। उनीहरु लन्डन जान तयार भए। जब अमिताभ बच्चनका बुवा हरिवंश राय बच्चनले लन्डन जाने कुरा थाहा पाएपछि उनी रिसाए। हरिवंश राईले जयालाई लन्डन लैजाने हो भने श्रीमतीका रुपमा लैजानुपर्ने बताए। पिताको यही आदेशपछि अमिताभ बच्चनले ३ जुन १९७३ मा जया भादुरीसँग विवाह गरे। यो समय उनीहरु एकअर्काको प्रेममा परिसकेका थिए। तर तत्काल विवाहका बारेमा उनीहरुले कुनै योजना बनाएका थिएनन्। बुवाको एउटै आदेशले अमिताभले जयासँग विवाह गरे। फिल्म ‘जंजीर’को सुटिङका क्रममा यी दुईको माया बसेको थियो। 

जयासँगको प्रेमअघि बलिउडकै अर्की अभिनेत्री रेखासँग अमिताभको प्रेमको चर्चा थियो। सन् १९८१ म रिलिज भएको फिल्म ‘सिलसिला’मा निर्माताले अमिताभ, रेखा र जया ३ जनालाई काम गराउने भए। रेखाको कुरालाई लिएर जया र अमिताभको बेलाबेला झगडा हुन्थ्यो। त्यसैले पनि जया यो फिल्ममा काम गर्न चाहन्थिन्। तर अमिताभले अतीतको हल्लालाई लिएर मन नदुखाउन भनेपछि जया यो फिल्ममा काम गर्न राजी भइन्। 

वास्तवमा, निर्देशक यश चोपडाले पहिले स्मिता पाटिल र परविन बाबीलाई फिल्ममा कास्ट गरेका थिए, तर पछि उनले जया र रेखालाई कास्ट गर्ने सोच बनाए।  यसका लागि उनले अमिताभसँग कुरा पनि गरे। त्यसमा अमिताभले फिल्मका लागि दुवैलाई मनाए।

फिल्मको कहानीले गर्दा जया यो फिल्ममा काम गर्न राजी भएको बताइन्छ। फिल्ममा अमित मल्होत्राको भूमिकामा देखिएका अमिताभ, चाँदनीको भूमिका निर्वाह गरेकी रेखासँगको आफ्नो अतिरिक्त वैवाहिक सम्बन्ध समाप्त गरेर आफ्नी पत्नी शोभा मल्होत्रा (जया) को मा फर्किने कहानी छ। यही कहानीले जयाले फिल्म खेलिन्।

फिल्म ‘कुली’को सेटमा बिग बीको ठूलो दुर्घटना भएको थियो। यस दुर्घटनामा उनको पेटमा गहिरो चोट लागेको थियो, जसका कारण उनी २ महिनासम्म अस्पताल भर्ना भए। सारा विश्वले उनको स्वास्थ्यको लागि प्रार्थना गरिरहेको थियो। साथमा जयाले पनि श्रीमान्‌को शीघ्र स्वास्थ्यलाभको कामनामा त्यस्तो कुनै मन्दिर छाडिनन्, जहाँ गएर पूजापाठ नगरेकी हुन्। 

यस क्रममा उनी मुम्बईको चर्चित डन वरदराजनको पण्डलमा पनि गइन्। वरदराजन धार्मिक व्यक्तित्व थिए। गणेश चतुर्थीको अवसरमा उनी सधैँ पण्डल लगाउने गर्थे, जहाँ धेरै अभिनेत्री आउने गर्थे। जया पनि श्रीमान्‌को सुस्वास्थ्यको कामना गर्न त्यहाँ जान्थिन्।

जया आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहिरहन्छिन्। अभिव्यक्तिकै कारण उनी थुप्रैपटक ट्रोलको सिकारसमेत भएकी छन्। उनको यस्तो व्यवहारका कारण अभिषेक बच्चनले २०१९ मा ‘कफी विथ करण’मा जयालाई ‘क्लस्ट्रोफोबिया’ भन्ने रोग लागेको खुलासा गरेका थिए। जसबाट जया धेरै रिसाउने गर्थिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .