धिरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’ ले आक्रमक व्यापार गरेको छ। यस फिल्मले ३ दिनमा २ करोड ५५ लाख ग्रस कलेक्सन गरेको हो।
फिल्मका निर्देशक अशोक थापा मगरले फिल्मको व्यापारबारे जानकारी दिए। साथै उनले दर्शकलाई धन्यवाद समेत दिएका छ्न्।
यस फिल्मले पहिलो दिनदेखी नै दर्शकको राम्रो साथ पाएको थियो। फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका अभिनय छ।
मगर समुदायको परिवेशमा निर्माण भएको यस फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ।
54
Shares
प्रतिक्रिया