उत्तर कोरियाले १८० लडाकु विमान उडाएको देखेपछि शुक्रबार दक्षिण कोरियाले आफ्ना ८० लडाकु विमान तैनाथ राखेको छ। यससँगै कोरियाली प्रायद्वीपको तनाव झनै चर्किंदै गएको छ।
शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्ममा आफूहरुले १८० वटा उत्तर कोरियाली सैन्य विमान देखेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
दक्षिण कोरियाले अमेरिकी एफ–३५ए विमान पनि तैनाथ गरेको थियो।
यसअघि बिहीबार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर, त्यो असफल भएको दक्षिण कोरियाले जनाएको छ।
सोमबार अमेरिकी र दक्षिण कोरियाले सेनाले संयुक्त रुपमा सैन्य अभ्यास सुरु गरेको यो क्षेत्रमा तनाव सिर्जना भएको हो। जसमा दुवै मुलुकका सयौँ विमान र हजारौँ सैनिक सामेल रहेको अमेरिकाले जनाएको छ।
यी दुई मुलुकले आफ्नो सिमानामा उत्तेजक गतिविधि गरेको भन्दै उत्तर कोरियाले बुधबार २३ वटा क्षेप्यास्त्र प्रक्षेपढा गरेको थियो। त्यसको जवाफ दिँदै दक्षिण कोरियाले ३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।
अमेरिका र दक्षिण कोरियाले सो सैन्य अभ्यास शनिबारसम्म लम्ब्याउने निर्णय गरेका छन्। सीएनएन
Shares
प्रतिक्रिया