चिनियाँ मुद्रा युआन अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर बनेको छ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०११ देखिको उपलब्ध विवरणअनुसार अहिलेसम्मकै कमजोर बनेको हो। यसअघि सन् २००८ को विश्वव्यापी वित्तीय संकटमा पनि चीनको घरेलु मुद्रा सबैभन्दा कमजोर अवस्थामा पुगेको थियो।
पछिल्लो केही समययता अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा छ। सेप्टेम्बरको सुरुमा अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाउने निर्णय गरेसँगै अमेरिकी डलरको भाउ चुलिएको हो।
चीनको केन्द्रीय बैंकले पनि मुद्राको अवमूल्यन रोक्न विभिन्न प्रयास गरिरहेको छ। उसले विदेशी मुद्रा सञ्चिति राख्न पाउने सीमा पनि निर्धारण गरेको छ।
धेरै लगानीकर्ताले पछिल्लो समय डलरमा लगानी गरिरहेका छन्। जसको कारण पनि अमेरिकी डलरको भाउ उकालो लागेको हो।
बुधबार अमेरिकी डलर अन्य मुद्राको तुलनामा २० वर्षयताकै उच्च बनेको छ।
Shares
प्रतिक्रिया