तिब्बतको चर्चित पोटला दरबार बन्द भएको छ। तिब्बतमा कोभिड–१९ का संक्रमित फेला परेसँगै उक्त दरबार बन्द गरिएको हो।
चीनले निरन्तर शून्य कोभिडको नीति लिँदै आएको छ। सोहीअनुसार संक्रमण फैलिन नदिन अधिकारीहरुले विशेष सतर्कता अपनाएका हुन्।
चीनले कोरोना संक्रमण देखिएका स्थानमा लकडाउन, नियमित परीक्षण,क्वारेन्टिन र भ्रमणमा प्रतिबन्धजस्ता नियम लगाउँदै आएको छ।
तिब्बतका बौद्ध गुरुहरुको परम्परागत घरको रुपमा रहेको पोटला दरबारले मंगलबारदेखि बन्द भएको सामाजिक सञ्जाल वेइसिनमा जानकारी दिइएको छ। यो दरबार कहिले खुल्छ भन्ने विषयमा पछि जानकारी दिइने उल्लेख गरिएको छ।
तिब्बतको अर्थतन्त्र धेरै मात्रामा पर्यटनमा निर्भर छ। पोटला तिब्बतका प्रमुख पर्यटकीय आकर्षणको केन्द्र पनि हो।
चीनले आफ्नो शून्य कोभिडको नीति संक्रमण नियन्त्रण तथा मृत्युदर घटाउनको लागि निकै प्रभावकारी रहँदै आएको दाबी गरेको छ।
मंगलबार चीनमा ८२८ आन्तरिक स्रोतबाट सरेका संक्रमित फेला परेका छन्। जसमध्ये अधिकांशमा कुनै लक्षण छैन।
यसैबीच चीनको दक्षिणी रिसोर्ट टापु हेइनानमा लगाइएको लकडाउनको कारण ८० हजारभन्दा धेरै पर्यटक फसेका छन्। उनहरुले सहर छाड्न आगामी दिनमा निरन्तर कोरोना परीक्षण गर्दै नेगेटिभ नतिजा आउनु जरुरी हुन्छ।
Shares
प्रतिक्रिया