संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धबिरामको स्वागत गरेका हुन्। हिंसाग्रस्त देशसेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको हो।
देशसेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै संयुक्त राष्ट्रसंघले अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आग्रह गरेको छ।
मध्य अफ्रिकी देशसेन्ट्र अफ्रिकन रिपब्लिकका सबै पक्षलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न गुटेर्रेसले आग्रह गरेका छन्। एजेन्सी
6
Shares
प्रतिक्रिया