जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ।
आइतबार राति भएको प्रतिस्पर्धामा साविक विजेता टोली बायर्नले बायर लिभरकुसेनलाई ५–१ गोल अन्तरले हराएको हो।
लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा बायर्नका रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई–दुई तथा थोमस मुलरले एक गोल गरेका हुन्।
लिभरकुसेनले एक गोल मात्र गर्न सक्यो। लिभरकुसेनका प्याट्रिक सिकले गोल गरेका हुन्।
५–१ गोलअन्तरको जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले ८ खेलमा १९ अंक बनाएको हो। पराजित लिभरकुसेन १६ अंकका साथ तेस्रो स्थानमा छ।
48
Shares
प्रतिक्रिया