भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। बाढीमा परेर आइतबार बिहान १८ जनाको मृत्यु भएको थियो।
हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ फेला परेपछि मृतकको संख्इा २२ पुगेको हो।
केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप धेरै देखिएको अधिकारीहरुले जनाएका छन्।
कोट्याम जिल्लामा बाढीले बढी क्षति पु¥याएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश कोट्यामकै छन्।
बाढीका कारण कतिपय स्थानीय सडकहरू अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार पनि वर्षा कायमै रहने जनाएका छन्।
अधिकारीहरूले आइतबार पनि वर्षा जारी नै रहेको बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द छ।
Shares
प्रतिक्रिया