बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो सामाजिक संजालमा गज्जब–गज्जबका तस्बिरहरु सेयर गर्छिन्। तर, बुधबार उनले अपलोड गरेको एएटा तस्बिर निकै दर्दनाक छ।
झट्ट हेर्दा डर लाग्ने खालको सो तस्बिर उनको आगामी फिल्म ‘द गल अन द ट्रेन’ को हो। उनी हाल फिल्मको सुटिङमा छिन् र सोही क्रममा फस्ट लुक्स सार्वजनिक भएको हो।
बाथटबमा बसेकी परिणीतिको निधारमा चोटको निशान देखिन्छ। उनको शरीरमा पनि रगतका थोपा देखिन्छन्। तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘केही यस्तो जुन मैले यसअघि कहिल्यै गरेकी थिइनँ।’
प्रतिक्रिया