नेपाली नारीहरुको महान् चाड तीज नजिकिँदै जाँदा तीज सम्बन्धी गीतहरु सार्वजनिक भइरहका छन्। यसै मेसोमा आरके उदासी र बिनी आचार्यको स्वरमा रहेको तीज गीत ‘सुन भन्दा कम छैन, हराए डर छैन...’ सार्वजनिक भएको छ।
विशाल रायमाझीको शब्द र संगीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ् रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
आशिक राईको निर्देशन रहेको यो गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ। रामकृष्ण चौलागाईंको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।
धेरै गीत मार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो। ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनु हुने छ भन्ने आशा लिएको छु’, आरकेले भने।
साउन १९, २०७६ आइतबार ९:६
प्रतिक्रिया