ad ad

कारोबार


लेखा समितिले ठहर गरेको बेरुजु ६ महिनाभित्र असुल गर्न माग

लेखा समितिले ठहर गरेको बेरुजु ६ महिनाभित्र असुल गर्न माग

नेपालखबर
साउन १९, २०७६ आइतबार ९:३१,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदको सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु ३ महिनादेखि ६ महिना भित्र असुल उपर गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता कार्कीले सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कानुनी कार्वाहीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। आइतबार संघीय संसदको अर्थ समितिमा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन पनि विधेयकमा सो कानुनी व्यवस्था गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

नेता कार्कीले सबै बेरुजु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। उनले आन्तरिक लेखा परीक्षण समूह र लेखा सञ्चालन तथा व्यवस्थापन समूह भनि खटाइएका कर्मचारीलाई एक समूहबाट अर्को समूहमा परिवर्तन नगर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

कांग्रेस नेता कार्कीले अन्तिम लेखा परीक्षकले अनुचित कार्य गरेको प्रमाणित भएमा कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारे। उनले बेरुजु फछर्यौंट समितिको सदस्य सचिव सार्वजनिक लेखा समितिको सचिवलाई राख्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। सरकारले प्रस्ताव गरेको विधेयकमा ‘कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यायलको प्रमुख’ सो समितिको सदस्य सचिव रहने प्रावधान राखिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .