लत लागेपछि नछुट्ने, कस्तो नशा रहेछ
चुम्दा अधर ती तिम्रा, बेग्लै मजा रहेछ।
ओढ्नू तिमीले घुम्टो, होला यहाँ लडाइँ
मलमल जवानी तिम्रो, कातिल अदा रहेछ।
प्यासी बगर छ संगै, जो बस्छ प्यास खेप्दै
बग्दै नदी यो आखिर, जाने कता रहेछ।
थाहा हुनेछ दिलमा, महशुस गरे मलाई
जगमा न कोही सार्थक , माया बिना रहेछ।
कालो यो रङभित्र, इन्द्रेणी रङ देख्ने
एउटा भयो जवानी, अर्को सुरा रहेछ।
प्रतिक्रिया