श्रेया राईको आवाजमा मौलिक तीज गीत ‘जुराइदेऊ सोझो पोई’ काे भिडियो सार्वजनिक भएको छ।
‘जुराइदेऊ सोझो पोई’ बोलको तीज गीतकाे भिडियो धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राकृतिक नै हो। यसै नियमलाई आत्मसात गर्दै युवतीले हरतरहका परिस्थिति र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन् भन्ने कुरालाई प्रष्ट्याऊन खोजीएको छ। आफूसँग अहिलेसम्म कोही सम्बन्धमा नरहेको र आफूलाई हर दुःखसुखमा साथ दिने श्रीमान माग्ने काम गीतमार्फत गरिएको छ।
ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको संगीत रहेको छ भने मनोज साङ्सोन राईले संगीत संयोजन गरेका छन्। त्यस्तै गीतको भिडियोमा आरती हमाल मुख्य फिचरिङमा छन् भने विभूती शर्मा, कृति लिम्बू, संरचना तामाङ लगायतका कलाकारलाई पनि भिडियोमा देखाइएको छ। गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन।
लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन्। हे
हेरौँ भिडियो
प्रतिक्रिया