ad ad

कला


अनुष्का शर्मा इन्स्टाग्राम प्रयोगकर्ताको विश्वकै ‘टप २५’ सूचीमा

अनुष्का शर्मा इन्स्टाग्राम प्रयोगकर्ताको विश्वकै ‘टप २५’ सूचीमा

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार २:८,

बलिउड अभिनेत्री अनुष्का शर्मा संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा परेकी छन्।

हाइप अडिटरले सार्वजनिक गरेको सूचीमा शर्मा विश्वकै टप २५ मा परेकी भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हाइप अडिटर तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा एक हजार जनाको नाम सार्वजनिक गरेको छ। प्रयोगकर्ताको फलोअर्स, तिनले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा सूची तयार गरिएको हाइप अडिटरले जनाएको छ।

टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइएको छ। उनीको सूचीमा गायिका कायली जेनर छिन् भने केन्डल जेनर सूचीको तेस्रो नम्बरमा छन्।

त्यसैगरी फुटबलर लियोनेल मेस्सी चौथो गायिका सेलेना गोमेज पाँचौँ नम्बरमा छिन्। १०औं स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन् भने अर्की गायिका टेलर स्विफ्ट भने १३औं स्थानमा छिन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोली सूचीको ११औं नम्बरमा छन्। अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ को २४औं स्थानमा परेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .