ad ad

कारोबार


गहुँको बिउको मूल्य बजारमा भन्दा कृषि कार्यालयमा महंगो, ९१ लाखको बिउ गोदाममै थन्कियो

गहुँको बिउको मूल्य बजारमा भन्दा कृषि कार्यालयमा महंगो, ९१ लाखको बिउ गोदाममै थन्कियो

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार २:४२,

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ।

कार्यालयका सूचना अधिकारी गणेश जोशीका अनुसार चालु आर्थिक वर्ष ०७७÷०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको छ। अहिले पनि गोदाममा करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई थन्किएको छ।

पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयले १४० मेट्रिक टन गहुँको बीउ बिक्री गर्न नसकेको अधिकारीले बताए।

बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब ९१ लाख रहेको छ। कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ रुपैयाँमा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री गर्दै आएको छ।

पछिल्लो पटक निजी कम्पनीले गहुँको बिउ प्रतिकेजी ५५ सम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीको बिउ नबिकेको हो।

सञ्चालक समितिको बैठकबाट मात्रै गहुँको बिउको रकम घटाउन सकिने छ। अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न नपाउने अधिकारीले जानकारी दिए। बिक्री नभएको गहुँको बिउ लिलाम गर्ने वा प्रशोधनपश्चात् अर्को बर्ष बिक्री गर्न सकिने छ।

कार्यालयले वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो।

किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गरेको छ। कार्यालयले हरेक वर्ष कात्तिकदेखि मङ्सिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्दै आएको छ।

गहँ बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि मुख्य हुन्। हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गरिएको एक हजार ४०८ मेट्रिक टन बीउबाट करिब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .