गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ‘सम्झना भो गाउँ घरको’को भिडियो सार्वजनिक भएको छ।
गीतकार जानुका राईले आफू जन्मिएको गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गरेकी छन्।
खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामीण परिवेशमा रहेका आम प्रेमिल जोडीको भावनालाई देखाइएको छ।
खोटाङ जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कृतिलाई जर्गेना गर्ने कार्यमा ‘सम्झना भो गाउँ घरको’ गीतले केही भएपनि मद्दत गर्नेमा आफू आशावादी भएको गीतकार राईले बताइन्।
गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ। मुकेश हुमागाईँको छायाँकन, मानबहादुर थापाको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ।
भिडियोमा निर्देशक याक्खा, समीक्षा याक्खा, कल्पना राई, सुरेन्द्र प्रकाश सुहाङ, पवित्रा राई लिम्बु, संजिव राई, पवन राई, हरिचन्द्र राई, यलम्बर राई, निला राई, सम्पुर्ण राई, विपना परियार, कृतिका राई, रुपमिला राईका साथै बाल कलाकार एडरिना याक्खा, जष्टिन याक्खा र लुङमा लिम्बुको जीवन्त अभिनय रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया