संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार हरेक सय सेकेन्ड एक शिशु एचआईभीबाट संक्रमित भइरहेका छन्।
पछिल्लो वर्ष विश्वभर एचआईभीबाट ३ लाख २० हजार शिशु एवं किशोर/किशोरी संक्रमित भएका छन्। तीमध्ये एक लाख १० हजार बच्चाको मृत्यु भइसकेको छ।
कोरोना महामारीका कारण एचअईभी संक्रमितको उपचारमा निकै समस्या परिरहेको छ। एचआईभी संक्रमितको परीक्षण ठप्प भएको छ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार कोरोना महामारीका कारण एचआईभी भाइरस संक्रमितको बच्चाको उपचार एवं परीक्षण ६० प्रतिशत घटेको छ। रेट्रोभाइरल थेरापी पनि ५० प्रतिशत एचआईभी संक्रमितलाई दिन सकिएको छैन।
प्रतिक्रिया