ad ad

कला


बिपिनको ‘खास लाग्न थाल्यौ’मा बिशाल र सरिताको मोडलिङ (भिडियो)

बिपिनको ‘खास लाग्न थाल्यौ’मा बिशाल र सरिताको मोडलिङ (भिडियो)

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १४:१८,

गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौ...को भिडियो यतीबेला रिलिज गरेका छन्।

यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन्। बिपिन आफैँले यो गीतमा संगीत सृजना गरेका हुन्। दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन्।

यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन्। सापकोटाका थुप्रै गीत तथा गजलहरु छन्। गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ। यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन्।

भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन्। अभिनेता पोखरेलले पनि आफुहरुको अभिनयलाई दर्शकले रुचाउने विश्वास लिएको बताएका छन्।

यस्तै नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन्। भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ। डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन्। आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन्। बिपिन र सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ। गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्दार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ।

भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ। गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन्।

खास लाग्न थाल्यौ... गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। दुई महिना अघि छायाँकन गरिएको भिडियोलाई यतीबेला रिलिज गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .