ad ad

कारोबार


दशौंं वार्षिकोत्सवका अवसरमा सिभिल बैंकद्वारा विपन्नलाई भोजन सहयोग

दशौंं वार्षिकोत्सवका अवसरमा सिभिल बैंकद्वारा विपन्नलाई भोजन सहयोग

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १३:५७,

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार सञ्चालन गर्दै आईरहेको सिभिल बैंक दश वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’ सहित हाल विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ।

बैंकले कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्दता व्यक्त भएको छ।

यस्तै, बैंकले ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना गरेको छ।

यसैगरी, बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबिनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष इन्जिनियर ईच्छाराज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .