ad ad

कला


दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन

दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ६:१२,

दक्षिण भारतीय (तेलगू) चलचित्रका चर्चित कलाका जयप्रकाश रेड्डीको निधन भएको छ।

मंगलबार ७४ वर्षको उमेरमा आन्द्रप्रदेशको गुन्टुरस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित हास्यकलाकारका रुपमा परिचित छन्। केही फिल्ममा उनले खलपात्रको भूमिका पनि निर्वाह गरेका छन्।

रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए।

 रेड्डीले ‘चित्रम् भालारे विचित्रम्’, ‘जाम्बा लक्की पम्बा’, ‘प्रेमिनचुकुन्दम रा’, ‘समरसिम्हा रेड्डी’, ‘अमर अकबर एन्थनी’, ‘नेला टिकट’, जस्ता चलचित्रमा अभिनय गरेका छन्।

आन्द्रा प्रदेश के पूर्व मुख्यमंत्री एन चन्द्रबाबू नायडूले जयप्रकाशको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .