ad ad

प्रविधि


यसकारण पब्जी फेरि भारतमा फर्कनसक्ने

यसकारण पब्जी फेरि भारतमा फर्कनसक्ने

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ६:१४,

यससँगै भारतमा पब्जी फेरि फर्कनसक्ने अनुमान गरिएको छ।

भारतले केहीदिन अगाडि पब्जीसहित ११७ चिनियाँ स्वामित्वमा रहेको एप्सलाई प्रतिबन्ध लगाएको थियो। भारत र चीनबीच हाल सीमा विवाद उत्कर्षमा पुगेको छ।

यसबीचमा चिनियाँ एप्सहरु भारतको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भारतको भनाइ छ। सुरक्षा खतरा देखाउँदै भारतले पब्जीमा पनि प्रतिबन्ध लगाएको थियो।

पब्जी कर्पोरेसनले अबदेखि चिनियाँ टेनसेन्ट कम्पनीलाई दिइएको स्वामित्व फिर्ता लिएको बताउँदै यस एप्समा आफ्नो मात्र नियन्त्रण भएको बताएको छ।

यससँगै भारतका पब्जी प्रयोगकर्ताहरु खुशी भएका छन्। भारतमा करोडौं मानिसले पब्जी खेल्दछन्।

भारतमा यसअघि पब्जीमा प्रतिबन्ध लाग्नासाथ फौजी भन्ने पब्जीजस्तै खेललाई सार्वजनिक गरिएको थियो। उक्त खेल केही महिनामै भारतमा रिलिज हुनेछ।

यस खेलले पब्जीको स्थानलाई लिने अनुमान छ। यद्यपी पब्जी फर्किएको अवस्थामा यस विश्व चर्चित बनिसकेको खेललाई फौजीले टक्कर दिन गाह्रो हुनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .