ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचनबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष राणासमक्ष पेस

उद्योग वाणिज्य महासंघको निर्वाचनबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष राणासमक्ष पेस

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ५:५५,

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनको कार्यलाई के कसरि अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणासमक्ष आज सुझाव प्रतिवेदन पेश गरेको छ।

गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो। समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्यसम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो। समितिले प्राप्त कार्यादेशअनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणासमक्ष प्रतिवेदन पेश गरेको हो।

प्रतिवेदनमा वार्षिक साधारणसभाको हकमा समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी सबै क्षेत्रमा निम्नानुसार गर्ने सुझाव दिइएको छ।

यसअन्तर्गत दिइएका तीन सुझावमा जिल्ला÷नगर, वस्तुगत, द्विराष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा, जिल्ला÷नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा र कम्प्युटराइज्ड इ–भोटिङमार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू समितिले सुझाएको छ।

समितिमा जिल्ला÷नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट इ. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .