गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा मंगलबार बिहान गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा नवलपरासी (सुस्तापूर्व)का ६ जना र कास्कीका ५ जना रहेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ।
प्रतिक्रिया