ad ad

कला


मिस नेपाल खतिवडाले सार्वजनिक गरेकै हुन त प्रेमी?

मिस नेपाल खतिवडाले सार्वजनिक गरेकै हुन त प्रेमी?

नेपालखबर
साउन ६, २०७६ सोमबार ८:२,

मिस नेपाल २०१८ शृंखला खतिवडा एकाएक पुनः चर्चामा आएकी छन्। मिस नेपाल हुँदा होस् या मिस वल्र्डमा भाग लिन चीन पुग्दा उनी सधैँ चर्चामा रहिछन्।

तर, यसपटकको चर्चा भने अलि फरक रहेको छ। शृंखला यतिबेला टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेकी छन्। सो क्रममा भ्लगर सिसन बाँनियासँग खिचेको एउटा तस्बिर सार्वजनिक भएको छ। तस्बिर सार्वजनिक भएसँगै उनीहरुको प्रेमको चर्चा सुरु भएको छ।

शृंखलाले शिसनको काँधमा आफ्नो टाउको राखेर मस्त पोज दिएकी छन् । उनीहरुको प्रेम सम्बन्धका बारेमा नेपालमा चर्चा भइरहेका बेला यस्तो तस्बिर आउनुलाई एकथरी तस्बिर उनीहरु बीचको प्रेमको संकेत भएको बताउँछन्।

तर, दुवैले आफूहरु एकअर्काको प्रेममा रहेको कुरा भने स्वीकारेका छैनन्।

शृंखलालाई शिसनले मिस व्लर्ड २०१८ मा भाग लिन जाँदा तयार गरेको भिडियो बनाउनसमेत सहयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .