ad ad

कला


प्रचण्डकी नातिनी स्मीता दाहालको ‘मायालु तिमी कता छौ–२’ सार्वजनिक (भिडियो)

प्रचण्डकी नातिनी स्मीता दाहालको ‘मायालु तिमी कता छौ–२’ सार्वजनिक (भिडियो)

नेपालखबर
साउन १, २०७७ बिहिबार १५:९,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको ‘मायालु तिमी कता छौ’ गीतको भाग–२ को म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ।

राजनराज सिवाकोटी र स्मृति दाहालको स्वरमा रहेको गीत युट्युबमा सार्वजनिक भएको हो। स्मीता, प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्।

गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय छ। यस्तै बाल कलाकार एन्जल राई र अर्बिन खड्काले अभिनय गरेका छन् भने गीतमा बाल गायिका ग्रस्मा सिवाकोटीको स्वर छ।

करिब १ वर्षअघि सार्वजनिक ‘मायालु तिमी कता छौ’ बोलको गीत चर्चित बनेपछि दाहाल र शिवाकोटीले यसको भाग २ बनाएका हुन्। आज सार्वजनिक ‘सिरीरी’ शीर्षक दिइएको यो गीत त्यसकै दोस्रो भाग हो।

लोक शैलीमा आधारित ‘मायालु तिमी कता छौ भाग २’ मा राजनराज सिवाकोटीकै संगीत छ। बिहीबार युट्युब च्यानल गज्जब टिभीमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

याे पनिप्रचण्डकी नातिनी स्मीता दाहालको गीत ‘मायालु तिमी भाग–२’ को टिजर सार्वजनिक (फेसबुक लाइभसहित)

सरोज ओझाको निर्देशनमा निर्मित भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी छ। भिडियोको अवधारणा र कोरियोग्राफी विक्रम स्वारले तयार पारेको निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .