ad ad

कारोबार


लक डाउनले रेमिट्यान्समा ठूलो असर गरेन, जेठसम्म तीन प्रतिशत मात्रै कमी

लक डाउनले रेमिट्यान्समा ठूलो असर गरेन, जेठसम्म तीन प्रतिशत मात्रै कमी

नेपालखबर
साउन १, २०७७ बिहिबार १५:१०,

लक डाउनले रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहमा धेरै ठूलो प्रभाव नपारेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जेठसम्ममा ३ प्रतिशतले मात्रै कमी आएको राष्ट्र बैंकले जनाएको छ।

जेठसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७‍.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो। यो अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। यो अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .