ad ad

कला


धीरज र उपासना अभिनित फिल्म ‘खुस्मा’को प्रिमियर सोमा तारिफ

धीरज र उपासना अभिनित फिल्म ‘खुस्मा’को प्रिमियर सोमा तारिफ

नेपालखबर
असोज २, २०८१ बुधबार १२:२०, काठमाडौँ

काठमाडौँमा गरिएको प्रिमियर शोमा फिल्म ‘खुस्मा’ उत्कृष्ट प्रतिक्रिया मिलेको छ। हिजो साँझ कमलपोखरस्थित बिग मुभिजमा गरिएको प्रिमियर शोमा राजनीतिज्ञदेखि चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो।  

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्वाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्वय सलिनमान बनियाँ र आर्शिवाद क्षत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर फिल्म हेर्न पुगेका थिए। त्यसैगरी रुकुमका स्थानीय बासिन्दा पनि प्रिमियर शोमा सिनेमा हेर्न हल पुगेका थिए।

फिल्म हेरेपछि सबैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको गरे। प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले फिल्मको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए।

प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म नभई एउटा दस्तावेज बनेको सुनाएँ। 

‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो। निर्देशक अशोकजीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भएको भन्ने कुरा विश्वास नै लागेको छैन्। किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ। यसमा के छ भने एकदमै दम छ। एक पटक तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने।

सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने चित्रण गरेको उनको भनाइ छ। 

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै भावुक भएको समेत बताइन्। उनले धिरजसँगै मुख्य अभिनेत्री उपासनाको खुलेर तारिफ गरिन्। 

निर्देशक निश्चल बस्नेतले पनि फिल्ममा कथालाई मज्जाले प्रस्तुत गरिएको सुनाएँ। उनले फिल्मका निर्देशकको तारिफमा भने, ‘खुस्माबाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो। त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ। उहाँ आफैले सिनेमा लेख्नु पनि भएको छ। 

सम्पादन पनि आफै गनु भएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्युले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला। कलाकारमा उपासनाको काम अत्यन्तै राम्रो छ। त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन्।’ 

यो फिल्म असोज ३ गते संविधान दिवसका अवसरमा रिलिज हुदैछ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। 

उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो। 

यस फिल्मको सार्वजनिक गीत र ट्रेलरले दर्शकले रुचाएका छन्। जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन्। त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ।

यस फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .