ad ad

कला


मुभी लभर्स ग्रुपले ‘आँखा’ को विशेष प्रदर्शनी गर्ने

मुभी लभर्स ग्रुपले ‘आँखा’ को विशेष प्रदर्शनी गर्ने

नेपालखबर
असोज ३, २०८१ बिहिबार १७:२७, काठमाडौँ

सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स ग्रुप’ ले ‘आँखा’ को विशेष प्रदर्शन गर्ने भएको छ।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर मुभी लभर्स कम्युनिटीले विशेष प्रदर्शन गर्न लागेको हो।

यो फिल्म असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुन्धारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ। जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ ले सुकुम्वासीको कथा बोकेको छ।

पोस्टर र टिजर सार्वजनिक भएसँगै दर्शकको ध्यान तानेको थियो। यो फिल्म असोज ११ गते हलमा रिलिज हुँदैछ।

मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको मुभी लबर्सले जनाएको छ।

‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ। हाम्रो दशौँ वार्षिकोत्सवलाई आँखासँगै मिलेर मनाउँदै छौँ। हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो,’ मुभी लबर्सको पोस्टमा लेखिएको छ।

यस फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ। दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन आँखाको रमाइलो कथा तयार पारेको निर्देशक योन्जन बताउँछन्।

मुभी लभर्सले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ। ऐना झ्यालको पुतली, हल्कारा, आचार्यु, डाकिनी, म अलप हुन चाहन्छु लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .